१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

समाजवादी महिला संघको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी महिला संघ नेपालको केन्द्रीय महाधिवेशन जनकपुरमा हुने भएको छ । सङ्गठनको केन्द्रीय समिति बैठकले आगामी वैशाख २७ र २८ गते मधेस प्रदेशको राजधानी जनकपुरमा पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले जानकारी दिइन् ।

बैठकबाट महाधिवेशनको तयारीलाई प्रभावकारी बनाउन आर्थिक उपसमिति, जनपरिचालन उपसमिति तथा प्रचार प्रसार उपसमितिलगायतका उपसमिति गठन गरिएको छ । महाधिवेशनलाई भव्यरुपमा सफल बनाउन केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवारी तोकिएको यादवले बताइन् ।

संगठनले स्थानीय तह, जिल्ला समितिहरुका साथै चार प्रदेश समितिको अधिवेशन सम्पन्न गरिसकेको छ । यसरी अधिवेशन सम्पन्न गरेका प्रदेशहरुमा कोशी प्रदेश समिति, मधेस प्रदेश समिति, बागमती प्रदेश समिति र लुम्बिनी प्रदेश समिति रहेका छन् । सङ्ठनको महाधिवशेनमा सातै प्रदेशबाट प्रतिनिधि सहभागी हुने बताइएको छ ।

जसपा नेपालले वैशाख मसान्तसम्म अधिवेशन गरिसक्न पार्टीनिकट भ्रातृसङ्गठनलाई निर्देशन दिएको छ । तोकिएको समयमा अधिवेशन सम्पन्न नगर्ने भ्रातृसङ्गठनहरुलाई विघटन गरी नयाँ ढङ्गबाट कार्य अगाडि बढाउने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।  

प्रकाशित: ६ वैशाख २०८२ १८:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App