१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनसँग जोडिएको सिन्धुपाल्चोकको तातोपानी नाका र त्यहाँ रहेको भन्सार कार्यालयको निरीक्षण गरेकी छन्। शुक्रबार त्यहाँ पुगेर निरीक्षण गर्दै मन्त्री देउवाले नाकालाई थप व्यवस्थित गर्न निर्देशन समेत दिइन्।  

वार्षिक २० अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्ने नेपाल–चीन व्यापारिक नाकाका रुपमा रहेको तातोपानी नाका व्यवस्थित हुनुपर्ने धारणा समेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ। जसका लागि नेपाल सरकारले पनि आवश्यक पहल गर्ने मन्त्री देउवाले बताइन।  

पर्यटन प्रवद्र्धनका हिसाबले पनि सो नाका महत्वपूर्ण रहेको र यहाँबाट चीनको धार्मिक पर्यटकीय स्थल मानसरोबारका लागि सहज हुने भएकाले यस नाकालाई थप व्यवस्थित गर्नुपर्नेमा देउवाको जोड थियो ।  

यस्तै उनले अन्तर्राष्ट्रिय व्यापारिक मार्ग काठमाडौँ–कोदारी राजमार्गका साथै यस तातोपानी नाकासँग जोडिएका अन्य सडकहरुको पनि स्तरोन्नति गर्न नेपाल सरकारले आवश्यक पहल गर्ने पनि बताइन्।  

तातोपानी पुग्दा मन्त्री देउवाले सिन्धुपाल्चोकका सांसद, स्थानीय जनप्रतिनिधि र अन्य सरोकारवालाहरुसँग जानकारी लिई स्तरोन्नतिका लागि आवश्यक परामर्श पनि गरेकी छन्।  

प्रकाशित: ५ वैशाख २०८२ १५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App