१४ वैशाख २०८२ आइतबार
image/svg+xml ३:३३ पूर्वाह्न
राजनीति

दाहाल भन्छन्: लोकतन्त्रलाई ‘नेता तन्त्र’ नभनौँ, तानाशाहलाई फाइदा पुग्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘सबै नेता उस्तै हुन’, ‘नेता तन्त्र भयो’ भन्ने भाष्यले निरंकुश तानाशाहलाई फाइदा भइरहेको टिप्पणी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। 

‘आजभोलि एउटा भाष्य बनाइएको छ । सबै उस्तै उस्तै। लोकतन्त्रलाई नेता तन्त्र भनिदिएको छ । सबै नेता उस्तै हुन् भनिदिएको छ । सबै पार्टी उस्तै हुनु भनेको छ,’ अध्यक्ष दाहालले भने, ‘त्यो भनेर फाइदा निरंकुश र तानाशाहीलाई भएको छ ।’ ‘सबै उस्तै हुन्’ भन्दा लोकतन्त्रमाथि असर परिरहेको उनले बताए।

दाहालले माओवादी आन्दोलनको विद्रुपीकरणले पनि अहिले गणतन्त्रमाथि प्रहार भएको दाबी गरे। ‘माओवादी मात्रै १७ हजारको जिम्मेवार हो। हत्यारा हो, आतङ्ककारी हो भन्ने भाष्य हो भने विस्तृत शान्ति सम्झौता र त्यो शान्ति सम्झौता अन्तरिम संविधानको अङ्ग भएको कुरालाई हामी के भन्छौँ छ ? त्यो गलत हो ? त्यो त होइन, हामी कोही भन्दैनौँ । किन हामी बोल्दैनौँ भन्ने मेरो प्रश्न हो’, उनले भने। 

प्रकाशित: ३० चैत्र २०८१ १८:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App