काठमाडौंमा हिंसा मच्चाएर फरार राजावादी आन्दोलनका कमाण्डर दूर्गा प्रसाईंलाई प्रहरीले आजै काठमाडौं ल्याउँदै छ। उनलाई झापाको भद्रपुरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएर चन्द्रगढीबाट काठमाडौं ल्याउँदै हो।
प्रहरीले प्रसाईंलाई पक्राउ गरी दुवै हातमा हत्कडी लगाएर विमानस्थलसम्म ल्याएको थियो। जहाजभित्र पसाउने बेलामा भने हत्कडी खोलिएको सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडिओमा देख्न सकिन्छ
प्रसाईं जहाजभित्र पसेर यात्रुलाई हात हल्लाएको समेत भिडिओ देख्न सकिन्छ।
प्रकाशित: २९ चैत्र २०८१ १२:४१ शुक्रबार





