२३ माघ २०८२ शुक्रबार
image/svg+xml
कला/साहित्य

उपन्यासकार उषा केसीको ‘हिउँफूल’ माथि परिचर्चा

शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा उषा केसीकाे उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम गरेकाे छ।

अग्रज समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेलकाे अध्यक्षतामा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनबारे संक्षिप्त परिचय प्रस्तुत गरेका थिए।

साहित्यकारहरू डा. इन्दुल केसी, शान्ति रिसाल, राधा कार्की, पार्वती भट्ट र काभ्रेपलाञ्चोक जिल्लाबाट उपस्थित गीति भास्कर मच्छेश्वर सापकोटा, शारदाप्रसाद शर्मा, कालिका त्रिपाठी पन्त र पुण्यवती घलेले ‘हिउँफूल’ का विषयमा चर्चा गरेका थिए।

कवि मुरहरि रायमाझी ‘हरि’ ले कविता वाचन गरेका थिए। कृतिकार उषा केसीले मन्तव्यसहित सभा विसर्जन गरेकी थिइन्।

कार्यक्रममा साहित्यकारहरू रवीन्द्र आशीष शैली, मीना चौलागाईं, सुषमा आचार्य, नवराज दाहाल ‘उत्साही’, चन्द्रबहादुर खड्का, डा. छत्रपति दाहाल, सुभद्रा अधिकारी, गायिका सरस्वती सापकोटाकाे उपस्थित रहेकाे थियाे।

संस्थाका आजीवन सदस्य कवि अच्युत अधिकारीले सञ्चालन गरेकाे कार्यक्रममा पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन साहित्यकार सरस्वती चिमोरियाले गरेकी थिइन्। आजीवन सदस्य सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले छायाङ्कन तथा स्वराङ्कन गरेका थिए।

साहित्यकार दामोदर घिमिरेले मञ्चस्थ महानुभावलाई रुद्राक्षमाला अर्पण, प्रकाशबहादुर कायस्थले शब्दयात्रा प्रकाशनका तर्फबाट अतिथि साहित्यकारहरूलाई उपहार समर्पण र सङ्गीता केसीले विविध व्यवस्थापन गरेका थिए।

प्रकाशित: ११ पुस २०८२ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App