११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

आम जनता पार्टीले सिंहदरबार घेर्ने

प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेर्ने निर्णय गरेको छ।

मङ्गलबार (आज) काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

नक्कली गणतन्त्रवादीलाई निकाल्ने निष्कर्षसहित सिंहदरबार घेराउ गर्ने निर्णय गरिएको अध्यक्ष साहले बताएका छन्।

उनका अनुसार पार्टीले आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्ण रूपमा असफल भएको भन्दै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए।

प्रकाशित: २६ चैत्र २०८१ १७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App