राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरिरहेको छ ।
हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो। अहिले राप्रपाका नेताहरूले सम्बोधन गरिरहेका छन् ।
नेताहरूको सम्बोधनकै बिचमा मञ्चबाट उद्घोषकले एउटा सुचना पढे। उनले एउटा सूचना प्राप्त भएको बताउँदै आमसभामा फोहोर नगर्न सहभागीहरुलाई अनुरोध गरेका छन्।
उद्घोषकले भने, ‘एउटा सूचना प्राप्त भएको छ । अलिअलि गरम छ । साथीभाइहरुले पानी पिइराख्नुभएको होला । बोतललाई व्यवस्थित ढंगले राखिदिनुहोला । जथाभावी नफ्याँकिदिनु होला । फेरि एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ । किन राप्रपालाई पत्र काट्ने बनाउनुहुन्छ ? राष्ट्रवादी कसरी कार्यक्रम गर्छन् भन्ने दृष्टान्त पनि दिनुछ ।’
पछिल्लो समय काठमाडौं महानगरले प्रदर्शन गर्दा सार्वजनिक सम्पत्तिमा क्षति पुगेमा जरिवाना गर्दै आइरहेको छ।
प्रकाशित: २६ चैत्र २०८१ १५:१३ मंगलबार





