प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसमा भइरहेको अन्धविश्वासको घटनाप्रति दुःख व्यक्त गरेका छन्। मंगलबार मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै उनले बोक्सीका नाममा भइरहेको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।
उनले व्यङ्ग गर्दै भने,'यदि बोक्सी छ भने मलाई दुनियाँ सरापेर हिँड्नु भन्दा बोक्सी लगाइदिए भैगो नि, लगाइदिनुस्,'
बोक्सीको नाममा विभेद गर्ने यातना दिने काम सरकारकालाई सह्य नहुने उनले बताए। क ख पढेको छैन अनि जादु लगायो बोक्सी लगायो भनेर हुन्छ ? उनले भने, ‘यो अन्धविश्वासको हद हो, त्याग्नुपर्छ ।’ अन्धविश्वासले समाजलाई सङ्गठित बनाउन सक्दैन।
दाइजो नपाए मण्डप छोडेर बेहुला भागेको घटना, मोटरसाइकल पाइन भनेर बेहुली छोडेर गएको घटना समाजलाई जोड्न नसक्ने बताउँदै उनले भने,‘दाइजो समाजका रोग हुन यसलाई अँगाल्ने होइन त्याग्नुपर्छ ।’
प्रकाशित: २६ चैत्र २०८१ १४:१५ मंगलबार




