राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ती पाेखरेलले गणतन्त्रवादीहरूलाई चेतावनी दिएकी छन्।
आज बल्खुमा आयोजित राप्रपाको आमसभामा बोल्दै उनले गणतन्त्रवादीहरूले देश छोडेर भाग्न वा आत्मसमर्पण गर्न चेतावनी दिएकी हुन्। उनले प्रहरी हिरासतमा रहेका दुई नेताहरूलाई तत्कालै रिहा गर्न पनि उनले माग गरेकी छन्। यदि आफ्नो माग पूरा नभएमा ७ गतेदेखि सडकमै खाने बस्ने र सुत्ने उनको भनाइ छ।
उनले भनिन्, 'आज हाम्रो रगत तातेको छ। हाम्रा नेतागणहरूलाई थुनेर राखेका छन्। उहाँहरूलाई तुरुन्तै, आजै रिहा गर भन्न चाहन्छु। यो आज हाम्रो सुरुवात हो। अब ७ गतेदेखि खाना पनि यहीँ पकाएर खान्छौँ, यहाँबाट चल्दैनोँ। राजसंस्था नभएसम्म हामी सडकमै हुन्छौँ।'
प्रकाशित: २६ चैत्र २०८१ १३:५८ मंगलबार





