११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सुशासन भएन भने लोकतन्त्रको अर्थ छैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई विशेष सम्बोधन गर्दै लोकतन्त्रको खम्बा भनेकै सुशासन भएको उल्लेख गरेका छन् । जनताले सुशासनको अनुभूति गर्न सकेन भने लोकतन्त्रको अर्थ रहदैन् उनले भने ।

भ्रष्टाचार, कमिसन खोरीलाई नियन्त्रण गर्न नसकिए लोकतन्त्र फस्टाउन सक्दैन प्रधानमन्त्री ओलीले भने,‘जनताको दिमागमा भ्रष्टाचारले जरा गाड्यो भने लोकतन्त्र मजबुत हुनै सक्दैन । ’जनप्रतिनिधिहरू सुशासन बहाल गर्ने तर्फ गम्भीर ध्यान दिनुपर्ने उनको जोड थियो । 

मधेस प्रदेशको फिड द नेसन नारा उत्कृष्ट भएको प्रशंसा गर्दै उनले भने,'मधेसले आफूलाई खान मात्र नभई देशलाई खुवाउने नारा ल्याएको छ । जुन देश हितमा छ।'

प्रकाशित: २६ चैत्र २०८१ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App