२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १८:५२ अपराह्न
राजनीति

प्रधानमन्त्रीलाई राउतको प्रश्न- गणतन्त्र रक्षा मात्रै भन्नुहुन्छ, सङ्घीयता रक्षा किन भन्नुहुन्न ?

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई 'सङ्घीयता रक्षा किन भन्नुहुन्न ?' भनेर प्रश्न सोधेका छन्।

यसअघि प्रधानमन्त्री ओलीले बोलाएको गणतन्त्र पक्षधर दलहरूको बैठकमा राउतले उक्त प्रश्न सोधेका हुन्।

बिहीबार (आज) काठमाडौंमा सङ्घीय लोकतान्त्रिक मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै राउतले यसबारे खुलाएका हुन्।

'केही दिन अगाडि प्रधानमन्त्रीले गणतन्त्र पक्षधर दलहरूको बैठक डाक्नुभएको थियो। मैले त्यहाँ उहाँलाई सोधेँ कि गणतन्त्रको विरुद्धमा आवाज उठाउँदा मात्रै गैरसंवैधानिक हुन्छ कि संविधानले सङ्घीयता परिभाषित गरिसकेको अवस्थामा एकात्मक शासन माग्नु पनि गैरसंवैधानिक हुन्छ ? तपाईंहरू जहिले पनि गणतन्त्रको रक्षा गर्ने भन्नुहुन्छ, तर सङ्घीयताको रक्षा गर्ने भन्ने कुरा तपाईंहरूको मुखबाट कहिल्यै सुनिँदैन नि ? यस्तो चाहिँ किन भयो ?,' राउतले भने

यहीँबाट आफूहरूविरुद्ध षड्यन्त्र भइरहेको पुष्टि हुने भनाइ राउतको थियो। 'त्यहाँबाट बुझ्न सक्छौँ- यो देशमा अहिले हामीले जुन अधिकार पाइसकेका थियौँ, त्यो अधिकारहरू खोस्ने चेष्टा भइरहेको छ।'

प्रकाशित: २१ चैत्र २०८१ १७:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App