२५ चैत्र २०८१ सोमबार
image/svg+xml ०:४४ पूर्वाह्न
राजनीति

आजको माग राजा होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने हो, म पनि उम्मेदवारी दिनेछु : मेयर साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आजको माग राजा नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने व्यवस्था भएको बताएका छन्।

सामाजिक सञ्जलामा लेख्दै उनले राजा ल्याउने परिवर्तन नभइ प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिबाट आएका मन्त्रिमण्डल बनाउने भएको बताएका हुन्। उनले उक्त मन्त्रिमण्डललाई ५ वर्ष देश चलाउन दिने व्यवस्था समेत रहेको माग गरे।

साथै यसो भएमा आफूले पनि उम्मेदवारी दिने मेयर साम्पाङले उल्लेख गरे।

उनले भने, 'राजा ल्याउने परिवर्तन होइन प्रत्यक्ष कार्यकारी राष्ट्रपति चुन्ने र चुनिएको राष्ट्रपतिले जो जस्लाई लिन चाहन्छ ती व्यक्तिहरूलाई लिएर मन्त्रिमण्डल बनाएर चुपो लागेर ५ वर्ष देश चलाउन दिने व्यवस्था गरौँ! आजको माग यो हो, राजा होइन! म पनि उम्मेदवारी दिनेछु!'

प्रकाशित: २१ चैत्र २०८१ ०८:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App