सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि सर्वत्र विरोध भइरहेको छ।
यसबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको कदमप्रति आपत्ति जनाएका छन्।
लिङदेनले भने, ‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने निर्णय गरेर नेपाल विद्युत प्राधिकरणमा प्रतिगमन गरेको छ। प्राधिकरणमा गरिएको चरम राजनीतिक हस्तक्षेपले ऊर्जा क्षेत्रमा पुन: संकट आउन सक्ने खतरा बढेको छ। गलत सरकारी रवैयाको सर्वत्र विरोध गरौँ।’
प्रकाशित: १२ चैत्र २०८१ ०६:४० मंगलबार