१४ चैत्र २०८१ बिहीबार
image/svg+xml १३:५६ अपराह्न
राजनीति

भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिबाट सर्वसम्मतिले पारित

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई सर्वसम्मतिले पारित गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफल टुंग्याउँदै सर्वसम्मतिले पारित गरेको हो । भन्सारसम्बन्धी समस्याहरुलाई समाधान गर्नेगरी लामो समयको छलफलपछि विधेयक पारित गरिएको समिति सभापति सन्तोष चालिसेले बताए।

व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । समितिले विधेयकलाई प्रतिवेदनसहित छिट्टै सदनमा पेश गर्ने तयारी गरेको छ ।  

प्रकाशित: ११ चैत्र २०८१ १८:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App