१८ चैत्र २०८१ सोमबार
image/svg+xml १:४१ पूर्वाह्न
राजनीति

न्यायमा राजनीति नगर्न दलहरूसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह

पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नमिसाउन राजनीतिक दलहरूसँग आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले संक्रमणकालीन न्यायमा अहिलेसम्म राजनीति हावी भएको र न्याय प्रक्रिया सुस्त भएको बताए। यो अवस्थामा ठूलो परिवर्तन जरुरी रहेको उनको भनाइ छ।

उनले आयोग बनाउने र एउटा ऐन संशोधन गर्ने कामले मात्र संक्रमणकालीन न्याय पूरा नहुने जिकिर पनि गरेका छन्। ‘संक्रमणकालीन न्यायको अवस्थामा अहिलेसम्म राजनीतिले आरोहण गरिरह्यो र न्याय सुस्ताइरह्यो। यो परिस्थितिमा व्यापक रुपमा परिवर्तन हुनुपर्छ । आयोग गठन र एउटा ऐन संशोधन गर्ने बित्तिकै अब संक्रमणकालीन न्यायको सम्बोधन भयो भन्ने होइन। यो मिनिमम काम हो। यति मिनिमम काम गर्दा पनि सन्तोष मान्नुपर्ने अवस्थामा हामी छौँ । सन्तोष मान्नुपर्ने अवस्था हो र?’ उनले प्रश्न गरे।  

उनले सक्षम, स्वीकार्य, जनताले विश्वास गरेको, बुद्धिमान र भरपर्दो आयोग बनाउनुपर्नेमा जोड दिए। ‘एउटा सक्षम आयोग, स्वीकार्य आयोग, जनताले मानेको आयोग, परिकल्पना भएको बुद्धिमान आयोग, क्षमतावान, बुद्धिमान र विश्वसनीय आयोग खोज्नुपर्छ । आयोगमा कुनै किसिमको अनुचित सौदा गर्ने हो ने यि प्रक्रिया निरर्थक हुनेछन् । यस्तो नहोस्। ,’ उनले भने।

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले अगाडि थपे, ‘राजनीतिक इच्छाशक्ति, न्याय, निष्पक्षता, स्वतन्त्रतातर्फ अभिप्रेरित रहोस् । राजनीतिकर्मीले राजनीति गर्नुपर्छ । तर न्यायमा राजनीति नगर्नुहोला । पीडितको पीडाले पोलिरहेको ठाउँमा राजनीति नगर्नुहोस् ।’ श्रेष्ठले संक्रमणकालीन न्याय पीडितको पक्षमा हुनुपर्ने र त्यसमा कुनै चलखेल नहुने इमानदारी चाहिने पनि उल्लेख गरेका छन्। 

प्रकाशित: १४ चैत्र २०८१ १३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App