प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका बीचमा छलफल सुरु भएको छ।
छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी छ। उनीहरू टीआरसी अजेन्डा लिएर छलफलमा बसेका हुन्।
बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेल, माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा पनि सहभागी छन्।
प्रकाशित: ११ चैत्र २०८१ १६:५१ सोमबार