नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिले सरकारले आफूहरूको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरे थप सशक्त हुँदै जाने चेतावनी दिएको छ।
बिहीबार (आज) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संयोजक सुवेदीले यसबारे जानकारी गराएका हुन्।
'चैत्र १७ गतेदेखि आन्दोलनका थप कार्यक्रमहरू हुँदै जानेछन्। आजको मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत्र २१ गतेदेखि सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ,' सुवेदीले भनेका छन्।
त्यसबाट सृजित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समितिको अडान छ।
यस्तै चैत १५ अर्थात् भोलिको आन्दोलनको अपनत्व समितिले नै लिने भएको छ। यसअघि नै जनकमान्डर दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाऊ अभियानले गणतन्त्रको विपक्षमा आन्दोलन गर्ने निर्णय गरिसकेको छ।
उक्त आन्दोलनको अपनत्व समितिले नै लिने भएको हो।
प्रकाशित: १४ चैत्र २०८१ १५:२८ बिहीबार