७ वैशाख २०८२ आइतबार
image/svg+xml
राजनीति

टीआरसी : देउवा, ओली र दाहालबीच छलफल हुँदै

टीआरसीसम्बन्धी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल हुँदैछ।

दाहाल पार्टीको 'तराई-मधेस जागरण अभियान' सकेर काठमाडौं फर्किएपछि तीन नेताका बीचमा छलफल हुने उनको सचिवालयले जनाएको छ।

यसअघि संसद्‌मै प्रधानमन्त्री ओलीले टीआरसीका सम्बन्धमा दाहालसँग संवाद गर्न खोजिरहेको बताएका थिए।

यसअघि टीआरसीको विषयमा छलफल गर्न गत चैत ४ गते प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल दाहाल निवास खुमलटार पुगेका थिए। 

प्रकाशित: १० चैत्र २०८१ १९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App