नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफ्नो पार्टी र डा. सीके राउत नेतृत्वको जनमत पार्टीबीच एकता हुने बताएका छन्।
पार्टीको केन्द्रीय कमिटी बैठकमा चौधरीले नागरिक उन्मुक्ति र जनमत पार्टी एक पार्टी अर्को पार्टीमा समाहित हुने नभइकन एकता हुने बताएका हुन्। त्यस बखत राउत पनि सँगै मञ्चमा थिए।
चौधरीले नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पनि पछि पछि आउने वचन दिएको बताए।
'उहाँ (बाबुराम भट्टराई) स्पष्ट वक्ता हुनुहुन्छ, उहाँले रेशमजी तपाईं र सीके राउतजी जोडिँदै जानुस्, म पछि पछि आउँछु, हामीलाई वरीयता चाहिँदैन भनेर भन्नुभएको छ,' उनले भने, 'देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले पार्टीभित्र प्रोटोकल्ली हैसियत खोज्नुभएन। हामीले त्यसकारण उहाँको सम्मान गर्नुपर्छ।'
प्रकाशित: ९ चैत्र २०८१ १६:४० शनिबार