१८ चैत्र २०८१ सोमबार
image/svg+xml ११:३८ पूर्वाह्न
राजनीति

स्ववियु चुनावः कर्णालीमा अखिल क्रान्तिकारीलाई १२ वटा क्याम्पसको नेतृत्व

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्तर्गत कर्णालीमा नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले १२ वटा क्याम्पसको नेतृत्व जित्न सफल भएको छ । अखिल क्रान्तिकारीले चुनाव भएका २६ मध्ये १२ वटा क्याम्पसको नेतृत्व हात पार्न सफल भएको हो।त्रिभुवन विश्वविद्यालय अन्तर्गत कर्णालीमा ३३ वटा क्याम्पस छन् । तीमध्ये ७ क्याम्पसमा विभिन्न कारण चुनाव स्थगित भएको छ।

मंगलबार भएको चुनावमा माओवादी निकट अखिल क्रान्तिकारीले १२, नेकपा (एमाले) निकट अनेरास्ववियूले ८ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले ६ वटा क्याम्पसमा जितेका छन्। अखिल (क्रान्तिकारी)ले रुकुम पश्चिमका ५ क्याम्पसमा एकछत्र चुनाव जितेको छ ।

सबै राजनीतिक दलहरूले प्रतिष्ठानको विषय बनेको सुर्खेत बहुमुखी क्याम्पसमा भने चुनाव हुन सकेन । यसअघि एमाले निकट विद्यार्थी संगठनले जितेको सुर्खेत बहुमुखीमा एमाले निकट विद्यार्थीहरूले नै तोडफोड गरेपछि चुनाव स्थगित भएको छ। जाजरकोटमा पनि एउटा क्याम्पसमा तालाबन्दी भएको छ ।

अखिल (क्रान्तिकारी)ले जितेका क्याम्पसहरुमा जुम्लाको सिंजा बहुमुखी क्याम्पसमा सन्तोष आचार्य, शीतल क्याम्पस चौरजहारी रुकुम पश्चिममा प्रकाश डाँगी, राडिज्युला शिक्षा क्याम्पस रुकुम पश्चिममा सुप्रिम ओली, सानोभेरी शिक्षा क्याम्पस रुकुममा वीरभान भण्डारी, सिम्रुतु शिक्षा क्याम्पस रुकुममा दिपेन्द्र ओली, सूर्योदय क्याम्पस श्रीनगर हुम्लामा रीमिलाल बुढा, बनगाड क्याम्पस सल्यानमा जीवन बिष्ट, लिकु संयुक्त क्याम्पस डोल्पामा राजेन्द्र गिरी, बहुमुखी क्याम्पस रुकुम पश्चिममा टेकराज विश्कर्मा, जनकल्याण क्याम्पस सल्यानमा गणेश ओली, जनचेतना बहुमुखी क्याम्पस कालिकोटमा बसराज बोहरा र फारुल्ला बहुमुखी क्याम्पस सल्यानमा हिमा शर्मा छन्।  

एमाले निकट (अनेरास्ववियु)ले जितेका क्याम्पसहरु बहुमुखी क्याम्पस जुम्लामा लोकेन्द्र बुढा, सिम्ता बहुमुखी क्याम्पस सुर्खेतमा रुद्र रावत, हिमशिखर क्याम्पस सुर्खेतमा मिना रावत, शारदा क्याम्पस सल्यानमा विश्व खड्का, अमरदीप क्याम्पस सुर्खेतमा विशाल रावत, सल्यान बहुमुखी क्याम्पस सल्यानमा विशाल पुन मगर, हिमज्योति बहुमुखी क्याम्पस हुम्लामा जयराज सञ्ज्याल र डोल्पो क्याम्पस डोल्पामा गोकर्ण बुढाथोकी हुन्।  

नेविसंघले जितेका क्याम्पसहरू गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा मोहन बिष्ट, नलगाड बहुमुखी क्याम्पस सल्यानमा विशाल विक्रम चनारा, मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा सागर कुमार शाही, कपुरकोट बहुमुखी क्याम्पस सल्यानमा दीपेन्द्र बुढा मगर, शिवजन क्याम्पस सल्यानमा संजय हमाल र चतुर्वेद हिरा सुरेन्द्र पूर्ण क्याम्पस मुगुमा धनचन्द्र कार्की छन्।

प्रकाशित: ७ चैत्र २०८१ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App