१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

म्यानमार भूकम्प : रोगको प्रकोप फैलने डर, डब्लुएचओले माग्यो ८० लाख डलर

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले म्यानमारमा गत शुक्रबार गएको भूकम्पबाट प्रभावितहरूलाई सहयोग गर्न आगामी ३० दिनभित्र तत्काल ८० लाख डलरको सहयोग मागेको छ। 

यस भूकम्पबाट म्यानमारमा हालसम्म १ हजार ७०० भन्दा बढीको मृत्यु भएको पुष्टि भएको छ भने ३ हजार ४०० भन्दा बढी घाइते भएका छन्। भूकम्पपछि प्रभावित क्षेत्रमा रोगको प्रकोप फैलने जोखिम बढेको छ। 

डब्लुएचओले यो रकम स्वास्थ्य सेवाहरू पुनर्स्थापना गर्न, घाइतेहरूको उपचार गर्न र रोगहरूको फैलावट रोक्न आवश्यक रहेको बताएको छ। संगठनले यो घटनालाई 'ग्रेड ३ आपतकाल' को रूपमा वर्गीकरण गरेको छ, जुन यसको आपतकालीन प्रतिक्रिया ढाँचाको सबैभन्दा उच्च तह हो।

७.७ म्याग्निच्युडको यो शक्तिशाली भूकम्पको धक्का छिमेकी देश थाइल्याण्डमा पनि महसुस गरिएको थियो। थाइल्याण्डमा भूकम्पका कारण १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: १८ चैत्र २०८१ ११:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App