राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कृष्णबहादुर रोकायाले वार्ता र संवादको माध्यमबाट आन्दोलनरत शिक्षकका समस्याहरु समाधान गर्न माग गरेका छन्।
राष्ट्रिय सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले आन्दोलनरत शिक्षकका मागहरु विद्यालय शिक्षा विधेयकमा समावेश गर्न समेत सरकारको ध्यानाकर्षण गराए।
उनले भने, ‘विगतका तत्कालिन सरकारहरुले शिक्षकसँग पटकपटक सम्झौता गरेको थियो । सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति राम्रो होइन । विगतमा सरकारले गरेका सम्झौता विद्यालय शिक्षा विधेयमा समावेश गरि ल्याउने प्रतिवद्धताका साथ आन्दोलनरत शिक्षकहरुसँग वार्ता र संवादबाट समस्याको हल निकाल्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले तत्कालीन सरकारले शिक्षकसँग पटकपटक सम्झौता गरेर कार्यान्वयन नगरेको आरोप समेत लगाए।
प्रकाशित: ४ चैत्र २०८१ १३:४२ सोमबार



-600x400.jpg)

