नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संविधानविरोधी वर्तमान गतिविधिहरु तत्काल नियन्त्रण आवश्यक रहेको बताएका छन्।
पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष सहभागिता र उक्साहटमा उनका समर्थकहरुले संविधानविपरीतका कामहरू भइरहेको बताए ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रमुख सचेतक बर्तौलाले संविधानको रक्षाका लागि पूर्वराजा शाह र उनका समर्थकहरूका गतिविधि तत्काल नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘पञ्चायतकालीन राष्ट्रियगान गाएर वर्तमान राष्ट्रियगानको अवमूल्यन गर्ने किसिमका संविधानविपरीत काम भइरहेका छन् । सरकारको ध्यान जाओस् ।’
लोकतन्त्रको विकल्प राजतन्त्र र निरंकुशतन्त्र हुन नसक्ने स्पष्ट पार्दै उनले सङ्ग्रहालयमा थन्किएको राजतन्त्रले हुकुमप्रमांगीबाट देश चलाउने दिवा सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिए ।
प्रकाशित: २७ फाल्गुन २०८१ १३:४४ मंगलबार





