२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

रोजगारी अभिवृद्धि सबै राजनीतिक दलको साझा मुद्दा बन्नुपर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनसरोकारका विषयलाई राजनीतिक दलहरूले साझा विषय बनाउनुपर्नेमा जोड दिएका छन्।

आइतबार (आज) पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली कांग्रेसले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार-सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ शुरु गरेको ‘मिसन रोजगारी’ अभियानको शुभारम्भ गर्दै यस्तो बताएका हुन्। 

उनले राजनीतिक दलहरूले राजनीतिक विषयहरू बाहेक नागरिकलाई छुने विषयलाई साझा मुद्दा बनाउनुपर्ने बताए। उनले जलवायु परिवर्तन, जलवायु उत्पादन र व्यापार, पूर्वाधार निर्माणमा गति दिने कुराहरू सबै राजनीतिक दलहरूको साझा विषय हुनुपर्ने उल्लेख गरेका छन्। 

महामन्त्री शर्माले भने, ‘राजनीतिक दलहरूले गर्ने बहस, दलहरूको कर्म, दलहरूको एजेण्डा, दलहरूको प्रतिष्पर्धाको विषय अब राजनीतिक विषय जति छन् त्यसको अलवा, जनसरोकारको विषय, नागरिकलाई छुने विषयहरूमा जानुपर्छ। जलवायु परिवर्तनको विषय होस् वा जलविद्युत उत्पादन र व्यापारको विषय साझा विषय हो।’ 

उनले थपे, ‘सुशासन दिनुपर्ने दायित्वको विषय साझा विषय हो। पूर्वाधार निर्माणमा बढाउनुपर्ने गति, साझा राष्ट्रिय प्राथमिकताको विषय हो। रोजगारी सिर्जना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त साझा विषय हो र नेपाली काँग्रेस पार्टी यसको अग्रसरता लिनुपर्छ।’ सो अवसरमा महामन्त्री शर्माले पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न नसकिने उल्लेख गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोबाट नै अहिलेका समस्या समाधान गर्न सकिने स्पष्ट पारेका छन्। 

प्रकाशित: २५ फाल्गुन २०८१ १६:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App