नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी सचिवालयमा २३ वर्षीय अमित खनाललाई नियुक्त गरेका छन्। अध्यक्ष भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो निजी सचिवालयमा प्रेस तथा आइटी विभागमा अमितलाई नियुक्त गरेको जानकारी दिएका हुन्।
भट्टराईले अमितलाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आइटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'युवा Mechatronics Engineer तथा Digital Creator अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा IT विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुसी छु। नाति पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु।'
प्रकाशित: ११ फाल्गुन २०८१ ०८:१२ आइतबार