४ चैत्र २०८१ सोमबार
image/svg+xml ९:२० पूर्वाह्न
राजनीति

दाहालको तस्बिर जलाउने बम रिहा

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको तस्बिर जलाउने राप्रपाका युवा नेता निराजन बम पताँला रिहा भएका छन्।

आइतबार (आज) साँझ जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा दुईपक्षीय छलफलपछि उनी रिहा भएका हुन्।

बम आज बिहान भरतपुर विमानस्थलबाट पक्राउ परेका थिए। उनी पक्राउ परेपछि अध्यक्ष दाहालले नै तस्बिर जलाउँदैमा पक्राउ गरिनु गलत रहेको बताएका थिए।

प्रकाशित: ३ चैत्र २०८१ २१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App