१८ चैत्र २०८२ बुधबार
image/svg+xml
कला/साहित्य

‘यशस्वी पुस्तक पुरस्कार’ का लागि पुस्तक आह्वान

यशस्वी प्रज्ञाप्रतिष्ठानले ‘यशस्वी पुस्तक पुरस्कार २०८१’ का लागि पुस्तक आह्वान गरेको छ।

नेपाल तथा नेपालबाहिरका नेपाली लेखकहरूले लेखेका नेपाली तथा अंग्रेजी भाषाका पुस्तकहरूको आह्वान गरिएको हो। २०८१ चैत मसान्तसम्म लेखिएका किताबहरू पुरस्कारका लागि आह्वान गरिएको छ।

पुस्तकहरू लेखक तथा प्रकाशकहरूले यशस्वी प्रज्ञाप्रतिष्ठानको कार्यालय घटेकुलो, काठमाडौँमा २०८३  वैशाख १७ गते सम्म बुझाउनुपर्ने छ।

पुरस्कृत पुस्तकलाई २०८३ जेष्ठ २३  गते शनिबार हुने चौथो  काठमाडौं कलिंग–साहित्य महोत्सवमा पुरस्कार प्रदान गरिने यशस्वी प्रज्ञाप्रतिष्ठानकी निर्देशक रञ्जना निरौलाले बताइन्। पुरस्कृत पुस्तकले बीस हजार रूपैया नगद राशिका साथ सम्मानपत्र पाउने छन्।

प्रकाशित: १८ चैत्र २०८२ ०९:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App