४ चैत्र २०८१ सोमबार
image/svg+xml ८:२२ पूर्वाह्न
समाज

घाइते चरीबाघको मृत्यु, खाडल खनेर गाडियो

ताप्लेजुङको फुङलिङ नगरपालिका–५ हुलाक लाइन क्षेत्रमा घाइते अवस्थामा फेला परेको चरीबाघको मृत्यु भएपछि खाडल खनी गाडिएको छ।

डिभिजन वन कार्यालय ताप्लेजुङका वन अधिकृत परमेश्वर पासवानका अनुसार आइतबार साँझ कुकुरले लखेट्दै ल्याएको चरीबाघ जस्तो देखिने जनावर केही समयपछि मरेको थियो।

त्यसपछि प्रहरी, सञ्चारकर्मीको रोहबरमा वन कार्यालयका प्रतिनिधिले औपचारिक प्रक्रिया पूरा गरी मृत चरीबाघलाई गाडिएको हो।

वन अधिकृत पासवानका अनुसार साँझ करिब ६:३० बजेतिर कुकुरहरूले लखेट्दै हुलाक लाइनस्थित ठाकुरसिंह कालिकोटेको घरसम्म चरीबाघ ल्याएका थिए।

कालिकोटेले डोकोले छोपेर राखेपछि जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए। प्रहरी टोलीले उद्धार गरी डिभिजन वन कार्यालयलाई जिम्मा लगाए पनि कार्यालय पुग्दासम्म चरीबाघको मृत्यु भइसकेको थियो।

अन्दाजी तीन किलोग्राम तौलको उक्त चरीबाघको शरीरका विभिन्न स्थानमा चोट देखिएको थियो। वन कार्यालयका अनुसार कुकुरसँगको झगडाका क्रममा गम्भीर घाइते भएर चरीबाघ मरेको हुनसक्ने अनुमान गरिएको छ।

प्रकाशित: ३ चैत्र २०८१ २१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App