५ चैत्र २०८१ मंगलबार
image/svg+xml ४:१ पूर्वाह्न
खेल

राखेपद्वारा मिसन २०२६ अभियानको समीक्षा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक जित्ने गरी सुरु गरिएको मिसन २०२६ नेपाली खेलकुदको महत्वपूर्ण अभियानको रूपमा रहेको बताएका छन्।

मिसन २०२६ को समीक्षा बैठकमा राखेप सदस्यसचिव घिसिङले एसियाली खेलकुदमा पदक ल्याउने योजना र प्रयासअनुरूप मिसन २०२६ देशकै अभियान भएको धारणा राखेका हुन्। राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदकका लागि सञ्चालन गरेको विशेष प्रशिक्षणको समीक्षा कार्यक्रममा समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक हुने बताए। उनले प्रशिक्षणका क्रममा हुने समस्याको समाधान तत्काल गर्न निर्देशन पनि दिए। कार्यक्रमका विशेष प्रशिक्षणका प्रशिक्षकहरूले खेलाडीमा खेलक्षमता वृद्धि हुँदै गएको प्रतिवेदन पेस गरेका थिए।

राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले समीक्षा बैठकले आगामी दिनमा प्रशिक्षणलाई थप व्यवस्थित गर्न मार्गदर्शन गर्ने गरेका थिए। सन् २०२६ मा जापानमा आयोजना हुने २०औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो पदक ल्याउने उद्देश्यसहित राखेपले विशेष प्रशिक्षण सञ्चालन गर्दै आएको छ। 

विशेष प्रशिक्षणमा ११ खेलका ९९ खेलाडी प्रशिक्षणमा छन्। ४६ महिला र ५३ पुरुष खेलाडीहरूलाई २२ प्रशिक्षकहरूले प्रशिक्षण दिइरहेको निर्देशक दीपक विष्टले जानकारी दिएका छन्। विशेष प्रशिक्षणमा कराते बक्सिङ, उसु, जुडो, कबड्डी, महिला भलिबल, गल्फ, कुस्ती, एथलेटिक्स, तेक्वान्दो र पारा तेक्वान्दोका खेलाडीहरू विशेष प्रशिक्षणमा छन्।

प्रकाशित: ४ चैत्र २०८१ ०८:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App