ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ३ साउनेपानीमा गएराति भएको आगलागीबाट चार लाख मूल्य बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी प्रमुख डिएसपी रबि रावलका अनुसार स्थानीय प्रेमप्रसाद निरौलाको भान्छा घरमा आगलागी भएको हो। आगलागीको कारण खुलेको छैन।
आगलागीबाट भाडा वर्तन र लत्ता कपडासहित नस्ट भएका छन् भने केही पशु चौपाया समेत मरेका छन्।
प्रकाशित: ४ चैत्र २०८१ ०८:०१ सोमबार