१७ माघ २०८२ शनिबार
image/svg+xml
राजनीति

पाथीभरा केबलकारबारे पोखरेल- बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन

सत्तारूढ दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाथीभरा केबलकारका सन्दर्भमा बाहिरकाले बिथोल्न खोज्नु राम्रो नभएको बताएका छन्। पाथीभरामा बन्दै गरेको केबलकारबारे विवाद चुलिरहेको बेला एमाले महासचिव पोखरेलले यस्तो बताएका हुन्।

'ताप्लेजुङबासीले केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन,' महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले अगाडि भनेका छन्, 'ताप्लेजुङबासी आफ्नो जिल्लामा रहेको प्रसिद्ध पाथीभरालाई मुलुककै प्रमुख धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्तव्य बनाउने सोचका केबलकारसहितको पूर्वाधार विकास आवश्यक मान्दछन् भने बाहिरकाले असहमति राखेर बिथोल्न खोज्नु राम्रो होइन।'

पाथीभरामा बन्दै गरेको केबलकारबारे विवाद सृजना भएको छ। 'नो केबलकार' समूहले शृङ्खलाबद्ध आन्दोलनको घोषणा गरेका छन्। उनीहरूले केबलकार बन्नै नहुने बताइरहँदा विभिन्न नेता तथा सांसदहरूले वार्ताको माध्यमबाट समस्याको समाधान गरेर केबलकार बनाउनुपर्ने बताइरहेका छन्।

प्रकाशित: ८ फाल्गुन २०८१ २०:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App