प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच उच्च समझदारी भएकाले शङ्का गर्नु नपर्ने बताएका छन्।
आइतबार (आज) जारी प्रतिनिधिसभा बैठक कांग्रेस सांसद डा. प्रकाशशरण महतले 'गठबन्धनबारे तपाईंको अनुभव के छ ?' भनेर सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
'गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास समृद्धिलाई निरन्तरता दिई राजनीतिक स्थिरता कायम गरी अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलहरूबीच कुनै शङ्का-उपशङ्का गर्न जरुरी छैन। हामीबीच उच्च समझदारी र विश्वास रहेको छ,' उनले भनेका छन्।
अगाडि उनले भनेका छन्, 'विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो।'
प्रकाशित: ४ फाल्गुन २०८१ १४:५० आइतबार