प्रधानमन्त्री केपी शर्मा ओलीले सिद्धबाबा सुरुङमार्गको ब्रेकथ्रु भइसकेको जानकारी दिँदै २०८३ चैतसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताएका छन्।
आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले हालसम्म ४३ प्रतिशत कार्य पूरा भइसकेको जनाए।
यसैगरि नागढुंगा सुरुङमार्गको निर्माण २०८२ कात्तिकमा सक्ने लक्ष्यसहित ८५ प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए।
उनका अनुसार राप्ती लोकमार्गमा ६० करोडको स्रोत सुनिश्चित गरिएको छ भने कर्णाली राजमार्गका जीर्ण खण्डहरूको मर्मत भइरहेको छ।
प्रकाशित: ४ फाल्गुन २०८१ १४:३८ आइतबार





