२० श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

रास्वपा विचारविहीन होइन, व्यवहारिक राजनीति गर्ने दल हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपालाई विचारको राजनीति नभएको दल भन्ने आरोप लागेको बताएका छन्।  

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा बोल्दै आफूहरू परम्परागत वामपन्थी वा दक्षिणपन्थी राजनीतिक ध्रुवीकरणमा सीमित नभएको बताएका छन्। उनले जानीजानी कुनै कठोर वैचारिक घेरामा नबस्ने निर्णय गरेको भन्दै व्यवहारिकता, आवश्यकता र यथार्थमा आधारित राजनीति नै रास्वपाको रहेको बताए। 

उनले पुराना वैचारिक ढाँचाहरूले मानव समाजलाई दिएको ऐतिहासिक योगदान, अनुभव र सकारात्मक अभ्यासको सम्मान गर्ने तर ती विचारलाई व्यवहारिकता र सामाजिक न्यायको न्यायको तुलोमा जोख्ने बताएका छन। 

उनले निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धामा आफूहरूलाई कसैले दक्षिणपन्थी देख्न सक्ने र आधारभूत स्वास्थ्य सेवा र शिक्षा राज्यको दायित्व हुनुपर्छ भन्ने धारणा, श्रमिक अधिकारको संरक्षण, न्यूनतम ज्याला तथा सामाजिक सुरक्षाको पक्षमा उभिँदा आफूहरूलाई वामपन्थी ठान्न सकिने बताए।  

स्टार्टअप, निजी उद्यम र बजार स्वतन्त्रताको पक्षमा उभिएसँगै श्रमिक हित र सामाजिक सुरक्षालाई पनि सुनिश्चित गर्नुपर्ने बताए। उनले राज्य, समाज र अर्थतन्त्रलाई कुनै एक वैचारिक ढाँचामा सीमित नगरी मिश्रित, सन्तुलित र परिस्थितिअनुकूल दृष्टिकोणबाट अघि बढाउनुपर्ने मान्यता रास्वपाले राखेको बताए।  

प्रकाशित: १० असार २०८३ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App