भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म ल्याउनसके नेपाललाई ठूलो आर्थिक लाभ हुने बताएका छन्।
आइतबारको राष्ट्रिय सभाको बैठक पानी जहाज सञ्चलन तथा व्यवस्थापन विधेयक, २०८१ बारे छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
उनले कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पु¥याउन प्राविधिकको रुपमा सम्भाव्य देखिएको बताए। उनले गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुने दाबी गरे। सोही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने उनले बताए। यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको उनले बताए। नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेको उनले बताए।
उनले भने, ‘कोलकताबाट एक हजार टनसम्मको पानी जहाज हाजीपुरबाट गण्डक ब्यारेज नारायणी नदी हुँदै देवघाटसम्म पु¥याउन प्राविधिकको रुपमा सम्भाव्य देखिन्छ । सो गर्नसके नेपाललाई ठूलो आर्थिक लाभ हुने र जल यातायातको क्षेत्रमा एउटा कोशेढुंगा सावित हुनेछ । यही प्रकृतिका पानी जहाजहरु कोशी र कर्णालीबाट समेत नेपाल भित्र्याउन सक्ने देखिन्छ । यस सम्बन्धी नेपाल—भारतबीच सहमति समेत भएको छ । यसैगरी नेपाल भित्र पनि आन्तरिक जलमार्गहरुमा पानी जहाज चलाउन सम्भाव्य नदीहरु रहेका छन् । एक अनुमानअनुसार नेपालमा ६ सयदेखि ८ सय किलोमिटरसम्म जलमार्ग बिस्तार गरी पानी जहाज सञ्चालन गरी यात्रु र माल सामान ओसारपसार गर्न सकिन्छ, उदाहरणको रुपमा कोशी, चतरादेखि भोजपुरको गोप्चेसम्म स्थलमार्गमा जाँदा घण्टौँ लाग्नेमा जलमार्गमा जम्मा १५ देखि २० मिनेटसम्म पुगिन्छ । जुन अहिले पनि सञ्चालन भइरहेको छ।’
प्रकाशित: २७ माघ २०८१ १६:३१ आइतबार