१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

३५ वर्ष प्रधानमन्त्री चलाएपछि ६ दिन देशको विकास ढिलो हुने भो भनेर अध्यादेश ल्याएको : दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले स्वार्थ समूहलाई पोस्नलाई सरकारले अध्यादेश ल्याएको आरोप लगाएका छन्।

बिहीबार (आज) जारी प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'माघ ८ गते संसद्को बैठक आह्वान गरिएको छ। ६ दिनअघि दर्जनौँ ऐन संशोधनका लागि ५ वटा अध्यादेश ल्याइएको छ। पछिल्लो ३५ वर्षमा कांग्रेसले १२ पटक र एमालेले ७ पटक प्रधानमन्त्री चलाएको देखिन्छ। ३५ वर्ष प्रधानमन्त्री चलाएपछि ६ दिन देशको विकास ढिलो हुने भो भनेर अध्यादेश ल्याएको हो? ६ दिन अगाडि अध्यादेश ल्याएर चमत्कार गर्न खोज्नुभएको हो ?,' दाहालले भने।

यस्तै उनले सरकारले स्वार्थ समूह पोस्नलाई अध्यादेशको बाटो रोजेको आरोप लगाए। उनले सोधे, '...अनि स्वार्थ समूह पोस्नलाई अध्यादेश ल्याइएको हो भनेर किन आरोपित नगर्ने तपाईंहरूलाई ?'

प्रकाशित: २४ माघ २०८१ १४:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App