११ चैत्र २०८१ सोमबार
image/svg+xml
राजनीति

रविलाई संगठित अपराधमा मुद्दा नचलाएपछि चितवनका न्यायाधिवक्ताकाे सरुवा

सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलकाे सरुवा भएको छ। साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ठगी मुद्दामा मात्रै प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको आरोपमा लुइँटेललाई सरुवा गरिएको हो।

'मेरो सरुवा भएको छ। विषय साहारा सहकारी मुद्दा कै हो' उनले नागरिक दैनिकसँग भने अहिलेलाई यत्ति बुझ्नु होस्।' हिजो लामिछानेसहित २० जनालाई ठगी र १२ जनालाई संगठित अपराधमा चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको थियो ।  छवि जोशीलाई संगठित अपराधमा जोड्दा रविलाई ठगीमा मात्र मुद्दा दायर गरिएको थियो।

प्रहरीले संगठित अपराध र ठगी दुबै मुद्दा लगाउन सुझाव दिएपनि लामिछानेलाई सरकारी वकिल कार्यालयले ठगीमा मात्र मुद्दा दर्ता गरेको हो। 'एक भन्दा बढी संस्थामा आवद्ध भएका व्यक्तिलाई संगठित अपराधमा पनि मुद्दा चलाएका थियौँ' लुइँटेलले भने 'एउटा मात्र संस्थामा आवद्ध भएको व्यक्तिलाई ठगीमा मुद्दा लागेका थियौँ। रवि एउटा मात्र साथमा आवद्ध भएपछि उस्को मुद्दा ठगीमा गयो।'

१५ महिना चितवन बसेका लुइँटेलकाे सरुवा काठमाडौं भएको छ। यहाँ बुटवलबाट रवि न्यौपाने आउन लागेको उनले बताए।

प्रकाशित: २३ माघ २०८१ ०७:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App