सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) भित्र उपभोक्ता अधिकारसम्बन्धी मुद्दा हेर्ने गरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार उपभोक्ता अदालतको मुकाम काठमाडौंमा रहनेछ। यसले उपत्यकाभित्र उपभोक्ता हकहितसँग सम्बन्धित मुद्दाहरूको सुनुवाइ गर्नेछ।
प्रकाशित: २२ माघ २०८१ १८:०७ मंगलबार