३० माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

भीम रावललाई समर्थन गरेको भन्दै दुई पूर्व सांसदसहित पाँच नेता एमालेबाट निष्कासन

नेकपा (एमाले) ले पूर्वउपाध्यक्ष भीम रावललाई समर्थन गरेको भन्दै थप पाँच जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

एमाले सुदूरपश्चिमले सल्लाहकार परिषद् सदस्य लालबहादुर खड्का र हर्क कुँवरसहित प्रदेश कमिटी सदस्य जङ्गबहादुर विक, दुधकला विष्ट र केशर मियाँलाई पनि पार्टी सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । खड्का र कुँवर सुदूरपश्चिम प्रदेशका पूर्व सांसद पनि हुन् ।

सुदूरपश्चिम एमाले सचिव रण चन्दका अनुसार उनीहरूलाई भीम रावललाई समर्थन जनाएको भन्दै कारबाही गरिएको हो।

प्रकाशित: २० माघ २०८१ १७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App