१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

एमालेको दाबी: नेपाल एकीकरण भाग–२ को दायित्व ओली सरकारको काँधमा

नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सांस्कृतिक एकीकरणको जिम्मेवारी वर्तमान केपी शर्मा ओली सरकारको काँधमा रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा एमालेका तर्फबाट बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। 

‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गर्नुभएको थियो,’ भट्टराईले भने,‘यो देशको सामाजिक एकतालाई अझ मजबुत बनाउँदै, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्दै यो देशको समृद्धि हासिल गर्ने दिशामा नेपालको एकीकरणको भाग २ को ऐतिहासिक जिम्मेवारी यो सरकारसँग छ भन्ने  कुरा हामीले बुझ्नुपर्छ । ’ 

यो अवधिमा केही आशा गर्ने काम भएको उनले दाबी गरे । अर्थतन्त्रमा पनि सकारात्मक सन्देश देखिएको पनि उनले बताए। 

प्रकाशित: १८ माघ २०८१ १५:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App