२८ चैत्र २०८१ बिहीबार
image/svg+xml ११:४९ पूर्वाह्न
राजनीति

बैठक कक्षमा प्रवेश गरे रास्वपा सांसद्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु प्रतिनिधिसभा बैठक कक्षमा प्रवेश गरेका छन् ।

बैठकको सुरुमै बोल्न समय मागेपनि सभामुख देवराज घिमिरेले नदिएपछि बहिष्कार गरेका उनीहरु करिब आधा घण्टापछि बैठक कक्षमा प्रवेश गरेका हुन् ।

आफूहरुलाई सभामुखले दोस्रो दर्जाको सांसदको व्यवहार गरेको बताउँदै रास्वपाका सांसदहरुले १५ मिनेट बैठक बहिष्कारको घोषणा गरेका थिए । उनीहरु बैठक कक्ष प्रवेश गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समय लिएर बैठकलाई सम्बोधन गरिरहेका थिए ।

आफूहरुले कुरा राख्न पाउनु पर्ने माग गर्दै रास्वपा सांसदहरुले बैठक सुरु भएपछि नै उठेर विरोध गरेका थिए । सभामुखको बारम्बारको आग्रहपछि पनि रास्वपा सांसदहरुले अडान नछाडेपछि करिब ३५ मिनेट दोहोरी चलेको थियो । सभामुखले उनीहरुको अवरोधका बीच कार्यसूचीअनुसार बैठक अघि बढाएपछि रास्वपा सांसदहरुले बैठक छाडेका थिए ।

यो पनि पढ्नुहोस्

रास्वपाद्वारा संसद् बैठक बहिस्कार

 

प्रकाशित: १८ माघ २०८१ १४:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App