प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ। शुक्रबार संसद सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सन्देशहरू खोज्दा रास्वपाका सांसदहरूले उभिएर संसद अवरोध गरेका हुन्।
रास्वपाका सांसदले सभापति रवि लामिछानेको सांसद पद निलम्बनका विषयमा बोल्न सुरुमै आकस्मिक समय मागेका थिए। सभामुख घिमिरेले दलीय आधारमा बोल्न समय दिइएको भन्दै पहिलो बैठकमा आकस्मिक समय नमिल्ने कुरा सुनाएका थिए। यसक्रममा झन्डै आधा घन्टा बैठक अवरुद्ध भयो।
त्यसपछि रास्वपाको अवरोध नरोकिएपछि सभामुख घिमिरेले राष्ट्रपतिको पत्र पढेर बैठकलाई अघि बढाएका छन्। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका छन्।
त्यसपछि रास्वपाका सांसदहरुले १५ मिनेटका लागि बैठक बहिस्कार गरेर बाहिर निस्केका छन्।
प्रकाशित: १८ माघ २०८१ १३:४२ शुक्रबार





