प्रतिनिधिसभाको हिउँदे अधिवेशनको सुरुमै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अवरोध गरेको छ।
शुक्रबार संसद सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सन्देशहरू खोज्दा रास्वपाका सांसदहरूले उभिएर संसद अवरोध गरेका हुन्।
आफ्ना माग राख्न पाउनु पर्ने माग गर्दै रास्वपा सांसदहरुले उभिएर विरोध गरेपछि बैठक प्रभावित भएको छ । सभामुख देवराज घिमिरेले बारम्बार आफ्नो आसनमा बस्न आग्रह गर्दा समेत रास्वपा सांसदहरुले आफ्नो अडान छाडेका छैनन् ।
सभामुख घिमिरेले आजैको बैठकमा दलीय आधारमा आफ्ना धारणा राख्न समय निर्धारण गरिएकाले सोही समयमा आफ्ना कुरा राख्न आग्रह गरेका थिए । सभामुख र रास्वपा सांसदरुबीच केही समय दोहोरो संवाद समेत भएको थियो ।
बारम्बारको आग्रहपछि पनि रास्वपा सांसदहरुले अडान नद्धाडेपछि सभामुख घिमिरेले भने, 'बारम्बारको आग्रह पालना नभएपछि म सबै सांसदहरुलाई बस्न आदेश गर्दछु ।'
प्रकाशित: १८ माघ २०८१ १३:२० शुक्रबार