जिल्ला अदालत, कास्कीले तोकेको ६५ लाख धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत, पोखरा पुगेका छन्।
रास्वपा नेता दीपक बोहराका अनुसार रवि सोमबार (आज) उच्च अदालत, पोखरा पुगेका हुन्।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नीतिज राईको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
प्रकाशित: १४ माघ २०८१ १४:०३ सोमबार