१ चैत्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सामाजिक सञ्जाल तातेपछि महेशको प्रतिक्रिया:सहकारी ठग लामखुट्टे जसरी छटपटाउँदै छन्

सामाजिक सञ्जालमा आफू विरुद्ध चर्को टिका टिप्पणी हुन थालेपछि नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिक्रिया दिएका छन्। आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै नेता बस्नेतले आफ्नो प्रतिक्रिया दिएका हुन्।

बस्नेतले माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लक्षित गर्दै सहकारी ठगहरू १७ हजार मान्छे मार्नेहरू सत्ता नपाएर लामखुट्टे जस्तो छटपटाएको टिप्पणी गरेका छन्। उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईं लक्षित गर्दै बैंक ठगहरू आफू विरुद्ध लागेको पनि टिप्पणी गरेका छन्।

उनले लेखेका छन्,'बैंक ठगहरू सहकारी ठगहरू १७ हजार मान्छे मार्नेहरू सत्ता पिपासुहरू सत्ता नपाएर लामखुट्टे जस्तो छटपटाएर एमाले प्रधानमन्त्री केपी ओली एमाले नेताहरु र मेरो विरुद्ध समेत  रोइलो गाइरहेको बेला हिजो राष्ट्रिय युवा संघ नेपालको कार्यक्रममा डिङ्गो वाला लामखुट्टेलाई जस्तो अलिकति स्प्रे गरिदिएको खुब खैलाबैला गर्दैछन ।'

यो पनि पढ्नुहोस्

रास्वपा नेतृको बयान: रवि दाइ गृहमन्त्री हुँदा बलात्कारीलाई जीवनदान !

बस्नेतले रास्वपा र माओवादी केन्द्रका नेताहरु अत्तालिएर कराउँदै र चिच्चाउँदै गरेको पनि बताएका छन्। उनले बिचार हिन र सिद्धान्त बिहिन राजनीति एक दिन सकिने पनि बताएका छन्।

'तिमीहरूको बिचार हिन सिद्धान्त बिहिन राजनीति अवश्य सकिने छ । याद गर  बाघ भागेको होइन शान्त रहेको हो। हाम्रो पङ्क्तिले व्यवस्थित प्रतिरोध गरेको दिन तिमीहरूको अस्तित्व  सकिनेछ,' उनले लेखेका छन्, 'तिमीहरूका हरेक हर्कतहरु एक एक हिसाब हुनेछ। म  र हाम्रो पङ्क्ति विरुद्ध बडो गजबको हतियार पाए भनेर सडेको मकिएको कुहिएको लौरो बोकेर प्रहार गर्न खोज्दै छौ । तिमीहरूको दाल गल्दैन र हाम्रो भुत्ला पनि झर्दैन ।' 

प्रकाशित: १३ माघ २०८१ १२:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App