१५ माघ २०८२ बिहीबार
image/svg+xml
राजनीति

'इनफ इज इनफ' भन्दै दाहालले भने–०८४ सम्म एमालेसँग मिलेर चुनाव लडिन्न

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ सम्म नेकपा एमालेसँग सहकार्य गरेर चुनाव लड्न सक्ने सम्भावना नभएको बताएका छन्। शनिवार दाङको घोराहीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् । 

‘एउटा भाष्य जे बनाउन खोजियो, माओवादी आफ्नै खुट्टामा उभिनै सक्दैन, भन्याजस्तो । 

हामीले त्यसको पनि विगतको समीक्षा गरेर यस पटक हामी एक्लै चुनाव लड्ने भनेका छौँ,’ दाहालले भने, ‘र, वामपन्थी एकताको आवश्यकता कम्युनिस्ट भनिनेहरू एक ठाउँमा उभिन मैले बडो जोखिम उठाएर मैले ०७४ मा पहिला मोर्चाबाट चुनाव लडियो, पछि पार्टी नै एउटै बनाइयो, त्यसको प्रस्तावक म नै थिएँ । तर, त्यो बचेन ।’ पछिल्लो पटक ‘फेरी प्रयास गर्ने हो कि’ भनेर ‘जोखिम उठाउने’ आफू नै रहेको दाहालले दाबी गरे । ‘त्यो पनि टिकेन । त्यस कारण इनफ इज इनफ भन्छ नि । अति भयो, भन्छन् नि अब ०८४ सम्म मैले कहीँ कतै सम्भावना देख्या छैन एमालेसँग सहकार्य गरेर चुनाव लड्ने । त्यो सम्भवै छैन,’ दाहालले भने । अब एक्लै आफ्नै बलमा चुनाव लड्ने उनले बताए । 

प्रकाशित: १२ माघ २०८१ १३:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App