८ माघ २०८१ मंगलबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको छ।

मंगलबार राष्ट्रपति भवनमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन्। 

राष्ट्रपतिसमक्ष आयोगका अध्यक्ष थापामगरले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ माघ २०८१ १३:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App