८ माघ २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मी र बागमती पीएम कप महिला क्रिकेटको सुपर फोरमा

त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुपर फोरमा प्रवेश गरेका छन् । आर्मी समूह 'बी'को विजेता र बागमती उपविजेता बन्दै सुपर फोरमा पुगेका हुन् ।  

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार भएको समूह 'बी'को खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले र बागमतीले मधेश प्रदेशलाई ७ विकेटले पराजित गरे । 

समान चार अंक भएपनि आर्मी समूह विजेता र बागमती उपविजेता बनेका हुन् । समान ४ अंक भएपनि रनरेटमा पछि पर्दै कोशी समूह चरणमै रोकियो । मधेश भने अंकविहीन बन्यो ।

हुस्सुका कारण ७ ओभरमा छोट्याइएको खेलमा कोशीले दिएको ३७ रनको लक्ष्य आर्मीले ६.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा सम्झना खड्काले एक्लै ३२ रनको योगदान गरिन् ।

पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ७ ओभरमा ५ विकेट गुमाएर ३६ रन जोडेको थियो । कोशीका लागि स्मृती कटवालले सर्वाधिक १४ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

अर्को खेलमा मधेशले दिएको ४१ रनको लक्ष्य बागमतीले ६.४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा यासु पाण्डेले १९ रन बनाइन् ।

पहिला ब्याटिङ गरेको मधेश भने १५.५ ओभरमा ४० रनमा अलआउट भएको थियो । मधेशका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । बरु बागमतीका बलरले १० रन अतिरिक्त दिएका थिए ।

मधेशलाई सस्तैमा समेट्न कञ्चन श्रेष्ठले ४ र विपिशा शाहीले २ विकेट लिइन् ।

समूह ‘ए’ बाट सशस्त्र प्रहरीको एपीएफ र सुदूरपश्चिम प्रदेश सुपर फोरमा पुगिसकेका छन् ।

सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबीच शनिबार फाइनल हुनेछ । दुवै समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैटौं स्थानका लागि खेल्नेछन् ।

प्रकाशित: ८ माघ २०८१ १५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App