नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी स्थानीय तह निर्वाचनमा माओवादी पहिलो दल बन्ने दाबी गरेका छन् । शनिवार मोरङको ग्रामथान गाउँपालिकामा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले २५० पालिका जितेर माओवादी केन्द्र पहिलो दल बन्ने दाबी गरेका हुन् ।
‘ग्रामथान जितेपछि हामीले जितेको स्थानीय तहको सङ्ख्या १२३ पुगेको छ,’ अध्यक्ष दाहालले भने, ‘आगामी स्थानीय तह निर्वाचनमा यो सङ्ख्या २५० पुग्छ र माओवादी पहिलो पार्टी बन्छ।’ गएको उपनिर्वाचनले यस्तै सन्देश दिएको उनले दाबी गरे ।
माओवादी केन्द्र कमजोर दल नभएको भन्दै अध्यक्ष दाहालले उपनिर्वाचनमा पहिलो दल भएको पनि दाबी गरे ।
‘२०६४ मा जनताले दिएको मत कायम राख्न सकेनौँ । पार्टी एकताबद्ध भएन,’ दाहालले भने, ‘हामी धेरै कुरा सम्झेर आएका छौँ । अब तपाईँहरूले पनि २०६४ साल सम्झिदिन अपिल छ।’
प्रकाशित: ५ माघ २०८१ १७:३१ शनिबार