सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपित रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले धरौटी बुझाएका छन्।
उनीहरूले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका हुन्। जिल्ला अदालत, कास्कीका न्यायाधीश नीजित राईको इजलासले उनीहरूसँग धरौटी माग गरेको थियो।
इजलासले लामिछानेसँग ६५ लाख, जोशीसँग ८८ लाख र खनालसँग १५ लाख धरौटी माग गरेको थियो।
प्रकाशित: २५ पुस २०८१ २०:१३ बिहीबार